Logo

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा नेपाली पक्राउ



स्याङ्जा, २७ कात्तिक । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २७ वर्षीय युवा पक्राउ परेका छन् । १९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा अर्जुनचौपारी गाउँपालिका–३ गहतेका खेम बहादुर नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

खेम बहादुरले ती महिलालाई सोमबार राति घरमै सुतीरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

खेम बहादुरलाई जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्