Logo

‘ईन्सपेक्टर हुँ भन्दै धाक धम्की दिने ३ जना पक्राउ



काठमाडौं, २७ कात्तिक । प्रहरी हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिने ३ जना पक्राउ परेका छन् । बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोट तादी घर भई काठमाडौं बस्ने रमेश तामाङ, दोलखा मेलुर्ङ घर भई काठमाडौं वनस्थली बस्ने तुल बहादुर मगर र नवलपरासी घर भई काठमाडौं स्वयम्भु बस्ने गुविराम घले रहेका छन् ।

धाक धम्की दिँदै रकम माग गरी दुःख हैरानी दिई अशान्ति श्रृजना गरेको सुचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्