Logo

कोरोना संक्रमण भएका ऋषि धमलालाई राष्ट्रपति र प्रधानमन्त्रीद्धारा स्वास्थ्यलाभको कामना



काठमाडौं, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएर होम-आईसोलेशनमा बसेका पत्रकार ऋषि धमलालाई स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकार धमलालाई फोन गरेर प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गरेको सुनाए । त्यस्तै, राष्ट्रपति भण्डारीले पनि धमलाको स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

धमलालाई कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धमलाले फेशबुकमा लेखेका थिए,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट-ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्