कात्तिक २७, काठमाण्डौ । काठमाडौ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै संक्रमण कम गर्नको लागि काठमाडौ उपत्यकामा पुन १५ दिन कडा लकडाउन गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकामा पुनः एकपटक कडा लकडाउनुपर्ने सुझाव दिएका हो ।
कोरोना महामारीका कारण देशैभर गत चैत ११ बाट घोषणा गरियो उतm लकडाउन ४ महिनापछि साउन ७ गतेबाट हटाइएको थियो । लकडाउन शुरू गर्दा देशैभर जम्मा २ जनामा संक्रमण देखिएको थियो भने लक डाउन हटाउने निर्णय गरिसक्दा प्रतिदिन औसत ४ सयमा कोरोना संक्रमण भेटिएको अवस्था थियो ।
अहिले दैनि हजार देखि २५ सय भन्दा बढी संक्रमित भेटिने गरेका छन् । लकडाउन हटाएर जनजीवन सामान्यी करणतर्फ लैजानुपर्ने माग पनि आमजनताको स्तरबाट उठिरहेको थियो ।
खोप नबनेसम्म कोरोनासँग लडेरै रहनुपर्ने हुनाले व्यक्तिगत तहबाट जनस्वास्थ्यको सबै मापदण्ड अपनाउनुपर्ने, मास्क स्यानिटाइजरको प्रयोग गरिरहनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने जस्ता विषयहरूमा सरकार, चिकित्सक, जनस्वास्थ्य विज्ञहरूले निरन्तर दिइरहने सुझावहरू छन्् ।
तर पनि पछिल्ला केही दिनमा काठमाडौ उपत्यकामा संक्रमणको संख्या उकालो लाग्दो अवस्थामा छ भने संक्रमणका कारण हुने मृत्युको आंकडा पनि बढिरहेको छ ।
पहिलेको तुलनामा अहिले जनजिवन विस्तारै सामान्य बन्दै गएको अवस्थामा पुन लक डाउन गर्न उचित नभएको भन्दै सर्वसाधारणले विरोध गरेका छन् । सुरुवाति चरणमा गरिएको कडाउनले कुनै उपलब्धि नभएको भन्दै पुन लकडाउन नगर्न सुझाब दिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे भएको छलफलमा छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । संक्रमण बढिरहेको अवस्थामा कोरोना न्यूनिकरण गर्नको निम्ति एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका हुन् ।
अहिलेको परिस्थितिमा लकडाउन गर्नु भन्दा पनि जतिसक्दो धेरै संक्रमित पहिचान गर्नको निमित कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न तर्फ सरकारले ध्यान दिनुपर्दछ ।