Logo

कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार



काठमाडौं, कार्तिक २८ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ ।

अस्पतालका निर्देशक डा सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि भएका १०४ जनामध्ये २७ को सफल शल्यक्रियामार्फत र ४० जनालाई सामान्य हिसाबले प्रसूति सेवा दिइएको जानकारी दिइन् ।

त्यसैगरी ३७ जनामा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरिएको छ । प्रसूति तथा स्त्रीरोगलगायत सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइरस पुष्टि भइहाले पनि सोही अस्पतालमै कोरोना उपचारसँगै अन्य आवश्यक सेवा प्रदान गर्न अस्पतालमै कोरोना परीक्षण ल्याब र अलग्गै आइसोलेसन भवनको व्यवस्था गरिएको निर्देशक मिश्राले जानकारी दिनुभयो । विश्वव्यापी महामारी कोरोना सङ्क्रमण नेपालमा पनि फैलिन थालेपछि सेवा लिन आएका बिरामीलाई अस्पतालमैसेवा प्रदान गर्ने लक्ष्यले अस्पताल भवनलाई आइसोलेन बनाइएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot