Logo

गोरु काटेको अभियोगमा २ पक्राउ



गुल्मी, २८ कात्तिक । गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्