Logo

अवैध रुपमा लैजान लागेको सामानसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं, २८ कात्तिक । अवैध रुपमा लैजान लागेको विभिन्न सामानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबाईको उडानद्वारा दुबई जान लागेका ३ जना चिनियाँ नागरिकहरुलाई अबैध रुपमा लैजान लागेको ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सुरक्षा जाँचको क्रममा उनीहरुलाई उक्त सामानहरू सहित फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरूलाई बरामद सामान सहित थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा पठाएको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot