Logo

‘ए मेरो हजुर ३’ युट्युबमा पनि हिट



काठमाडौं, २८ कात्तिक । मानिसहरुका यस्ता धेरै झुन्ड छन्, फिल्म हलमा गएर नहेर्ने तर युट्युबमा आएपछि मात्र हेर्ने र विश्लेषण गर्ने । हलमा गएर पैसा तिर्न नचाहाने तर फिल्म चाँही हेर्न चाहानेको सख्या धेरै भएकै कारण नेपाली फिल्मले सोचेको जस्तो अगाडी बढ्न सकेको छैन । सिनेमा हलमा उल्लेख्य रुपमा दर्शक नपाएपनि युट्युबमा भने त्यहि फिल्मले धेरै भ्युज पाउने गर्छ ।

तर हातमा गन्न सकिने सख्यामा रहेका फिल्म भने सिनेमा हल र युट्युब दुवैमा सुपरहिट हुन्छन् । त्यस्तै झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’ ले बक्सअफिसमा लगभग १० करोड कलेक्सन गरेको थियो । डेढ वर्ष अगाडी प्रदर्शनमा आएको यो फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको छ । निकै हिट भएको यो फिल्मलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए ।

एक हप्ता अगाडी युट्युबमा रिलिज गरिएको यो फिल्मलाई १२ घन्टामा दश लाखले हेरेका छन् । सर्वाधिक हेरिएको यस फिल्मले युट्युबमा हालसम्मकै रेकर्ड ब्रेक गरेको छ । अहिले सम्मकै नेपाली फिल्म युट्युबमा यति धेरै हेरिएको छैन् । हाल यो फिल्म ७० लाख भन्दा धेरै भ्युजको साथमा नेपालको युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ । एक हप्ताबाट परेको युट्युबको एक नम्बरमा हालसम्म तल झरेको छैन् । सुनील कुमार थापाले निर्माण र झरना थापाले निर्देशन गरेको यो फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडीलाई दर्शकहरुले निकै रुचाएका छन् । ‘ए मेरो हजुर ४’ फिल्मको सुर्टिङको काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्