Logo

नेहा कक्करको विवाहले पुर्व प्रेमी हिमांश भए दुःखी



एजेन्सी, २८ कात्तिक । केही दिन अगाडि बलिउड गायिका नेहा कक्कड र गाएक रोहनप्रीत सिंह विवाह बन्धनमा बाधिएका थिए । हाल उनीहरु हनीमुनको लागि दुबई पुगेका छन् । नेहाले आफ्नो वैवाहिक जीवनमा आनन्द लिइरहेकी छिन् । तर, नेहाको विवाहका कारण उनका पुर्व प्रेमी हिमांश भने खुशी छैनन् ।

वास्तवमा नेहाको विवाह पछि हिमांशलाई मानिसहरुले सिकार बनाइरहेका छन् । जसको कारण उनी धेरै दुखी छन् । हिमांशले नेहाको विवाह भएको आफुलाई थाहा भएको र सुखी भएको छु पनि भन्दै आएका छन् तैपनि मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।

एक समय त्यस्तो थियो, जतिबेला नेहा र हिमांश डेटमा रमाउथे । दुवैबीच एक अर्कामा माया भएको स्विकार गरेका थिए । तर। २०१८ मा आएर दुवबैबीच ब्रेकअप भएको थियो । ब्रेकअपपछि नेहाले रोहनप्रीतसँग विवाह गरेकी हुन् । हिमांशले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले आफु विक्षिप्त भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्