Logo

अपर तामाकोशीको घाटा बढ्यो



काठमाडौँ, २८ कार्तिक। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर कम्पनी (UPPER) ले एक करोड ७८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी एक करोड ३० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो।

अन्य स्रोत मार्फतको आम्दानी घट्नुका साथै वित्तीय खर्च बढेका कारण कम्पनीको नोक्सानी बढेको हो।

यस अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् १६ हजार २०६ रुपैयाँ मात्र आम्दानी गरेको छ। यो आम्दानी गत आवको साेही अवधिकाे तुलनामा २४ लाख ९८ हजार रुपैयाँ अर्थात् ९९.३६ प्रतिशत कम हो। गत आवको सोही अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् २५ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो।

यसैगरी, गत आर्थिक वर्षमा १० लाख ४९ हजार रहेको कम्पनीको वित्तीय खर्च चालु आर्थिक वर्षमा बढेर एक करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको शेयरधनी कोष ७१ करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने ३८ अर्ब ५८ करोड ३० लाख रुपैयाँ दीर्घकालीन ऋण छ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ २१ पैसा छ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीकाे अहिलेसम्म निर्माण कार्य सकिएकाे छैन। जसका कारण कम्पनीकाे आम्दानी छैन।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्