काठमाडौं, २८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। आजको बैठकमा पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसूचि बनाएर छलफल गर्ने र निश्कर्ष निकालिने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने,”पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसुचि बनाएर छलफल गर्ने निश्कर्ष निकालियो । स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भ, पर्सा र कर्णाली घट्नाक्रम, कोभिड नियन्त्रण, उपचार र त्यसले पैदा गरेको आर्थिक संकटको बारेमा छलफल गर्ने, यस बिचमा पार्टी र सरकार बीच उठेको विषय खासगरी गोयलको नेपाल भ्रमणको विषयमा छलफल अगाडि बढाउने तय भयो । बैठकको आवश्यकत्ता महशुसर गर्दै कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्यहरुले केपी ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र र त्यसको जवाफमा प्रचण्डलाई प्रधानमन्त्री ओलीले लेखेको पत्र, उक्त पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई लेखेको पत्र, पार्टीको संकट र निवारणको सन्दर्भमा प्रचण्डले तयार गरेको प्रस्ताव, स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) सबै सचिवालयका कमरेडलाई अध्ययनको लागि वितरण गरिएको छ । सबै सामग्री र गम्भीरतामा समग्रमा छलफल गरि पूनः पार्टी सचिवालयको बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् गरिएको छ ।”