Logo

पाकिस्तानी फौजको आक्रमणबाट चार भारतीय सुरक्षाकर्मीसहित दशको मृत्यु



एजेन्सी, २८ कात्तिक । पाकिस्तानी फौजको आक्रमणबाट जम्मु काश्मिरमा चार भारतीय सुरक्षाकर्मीसहित दश जनाको मृत्यु भएको छ । शुक्रबार भारत पाकिस्तान सीमा क्षेत्रको गुरेज क्षेत्रबाट उरी क्षेत्रमा भएको घटनामा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार तीन भारतीय सैनिक, एक सीमा सुरक्षाकर्मी र छ सर्वसाधारणको मृत्यु भएको हो । घटनामा आठजना सर्वसाधारण घाइते भएका छन् ।

भारतीय सैनिक अधिकारीले पाकिस्तानले मोर्टारसहितका हतियार प्रहार गरेको जनाएका छन् । यसलाई पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय सैनिकका कर्णेल राजेश कालियाले जनाएको पीटीआइले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्