Logo

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग यसरी हार्यो दुई शुन्य गोलअन्तरले



कात्तिक २८, ढाका । आज सम्पन्न नेपाल र बंगलादेशबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमाि नेपाल दुई शुन्यले पराजित भएको छ । ढाका स्थित बंगबन्धु रंशगालामा जारी खेलको १० औं मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनाएको थियो । उसका लागि सामुद्दिनले पहिलो गोल गर्न सफल भए ।

डिबक्समा आएको बललाई उनले गोसल गर्दा नेपाली डिफेन्डरले केहि गर्न सकेनन् । सुरुवातमा नै एक गोलले पछि परेको नेपालले १७ औं मिनेटमा मौका पाएको थियो । तर नवयुग श्रेष्ठको प्रहार फ्रेममा रहन सकेन । २१ औं मिनेटमा बंगलादेशले अर्को राम्रो मौका खेर फाल्यो । डिबक्समा मोहम्मद इब्राहिमले गरेको हेडको प्रयार पोष्टको नजिकैबाट बाहिरीयो । मोहम्मद नविबको क्रसमा आएको बललाई उनले फिनिस गर्न सकेनन् ।

त्यसको दुई मिनेटमा फेरी बंगलादेशले अर्को अवसर खेर फाल्यो । २५ औं मिनेटमा नेपालका रवी पासवानको प्रहार पनि फ्रेममा रहन सकेन । उनले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टमाथिबाट बाहिरीयो । २६ औं मिनेटमा अञ्जन विष्टको प्रहारपनि फ्रेममा रहेन । २७ औं मिनेटमा बंगलादेशका मानिक मुल्लाले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई किरण चेम्जोङले बचाए । ३१ औं मिनेटमा बंगलादेशले अर्को मौकाको सिर्जना गरेको थियो ।

उसका साजन सडिनको क्रसमा डिबक्स भित्रबाट जिबानको प्रहार पोष्टका नजिकैबाट बाहिरीयो । ३९ औं मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनको फितलो प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले ८० औ मिनेटमा दोस्रो गोल खायो । उसका जुबिनले काउन्टर अट्याकमा गोल गरे ।

बल पोजिसनमा पकड बनाएपनि नेपाल भने घरेलु टिमविरुद्ध गोल गर्न चुकेको थियो । तर, बंगलादेशविरुद्ध तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए ।

यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ । २०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot