Logo

प्रधानमन्त्री ओलीद्धारा डा. केसीको स्वास्थ्यलाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने



काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित भएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । र, डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले लेखेका छन्,”कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।”



प्रतिक्रिया दिनुहोस्