Logo

प्रचण्डको प्रस्तावमाथि सूर्य थापाको टिप्पणी : ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’



काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई अराजनीतिक प्रस्तावको संज्ञा दिएका छन् । र, उक्त प्रस्ताव आँफैंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण भएको पनि थापाले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो लेखेका हुन् ।

उनले दाहालको प्रस्तावलाई लाञ्छनापत्रको पनि संज्ञा दिएका छन् । र, त्यसमा कमसेकम पार्टी कमिटीहरुमा छलफल हुन नसक्ने थापाको जिकिर गरे । उनले यस्तो लेखेका छन् :

अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनाेमानीपूर्ण ढंगले बाँडेकाे अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमकाे पुलिन्दा र तथ्यकाे नांगाे भ्रष्ट्रीकरण हाे । यस्ताे लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षकाे सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेकाे निर्णयकाे याे ठाडाे उल्लंघन हाे । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेकाे हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot