Logo

शंकर पोख्रेललाई वर्षमानको जवाफ : लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको छ



काठमाडौं, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री वर्षमान पुनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले हिजोको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावले नयाँ बहसको सुरुवात भएको भन्दै बचाउ गरेका छन् । उनले पार्टी जमेको पोखरीजस्तो नभई हिमालबाट बग्ने तिव्र बेगको नदीजस्तो भएको तर्क गरेका छन् । र, पार्टीमा छलफल, बहस र अन्तरविरोधबाट कोही आँत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन नसक्नेपनि उनको टिप्पणी छ ।

सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री पुनले यस्तो लेखेका छन्,”पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएकोछ/ पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो । पार्टीमा हुने छलफल ,बहस ,अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन । पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धति र राजनीतिक सँस्कारको बिकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्