Logo

म्ह पूजा आज वा भोलि भन्नेबारे नेवार समुदाय विभाजित



काठमाडौं, कार्तिक ३० । आज यमपञ्चकको चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदा । आजका दिन नेवारी समदुयका मानिसहरुले आत्म (म्ह) पर्व मनाउने चलन रहेको छ । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने संस्कृती विज्ञहरुको धारणा छ ।

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको जनाईको छ ।



प्रतिक्रिया दिनुहोस्