Logo

नेकपा विवादमा राष्ट्रपति भण्डारी फेरी सक्रिय



काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले नेकपाभित्रको विभिन्न पक्षसँग प्रत्यक्ष अप्रत्यक्ष कुराकानी तिव्र पारेकी छिन् ।

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शितलनिवासमा गत हप्ता छलफल गरेकी छिन् । यसलाई अर्थपूर्ण मानिएको छ । उनले गत हप्ता उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेकी छिन् ।

भण्डारीले नेकपाभित्रको विभिन्न पक्षसँग छुट्टाछुट्टै भेटघाट चलाएकी छिन् । उनले प्रचण्ड निकटस्थ वर्षमान पुनसँग पनि छलफल गरिसकेकी छिन् । ओली निकटस्थसँग पनि भण्डारीले छलफल तिव्र पारेकी छिन् । उनले टेलिफोनमार्फत् पनि नेताहरुसँग छलफल गरी सहमतिको प्रयास थालेकी हुन् ।

यसैगरी, भण्डारीको सक्रियताप्रति नेकपाभित्रको ओलीइतर पक्षले असन्तुष्टि जनाएको छ । केही नेताहरुले भण्डारीको सक्रियतामाथि प्रश्न उठाएको छ । उनलाई ओलीको सत्ता संकट जोगाउन र बलियो बनाउन सक्रिय भएको आरोप लाग्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्