Logo

यसरी कलियुगको अत्य हुने



कलियुगको प्रारम्भ इसापूर्व ३१०२ मा भएको थियो । श्रीमद्भागवत पुराण तथा भविष्यपुराणमा कलियुगको वर्णन गरिएको पाइन्छ । कलियुगमा भगवान कल्किको अवतार हुन्छ । कल्किबाट पापीको नष्ट गरी  सत्ययुगको सुरुवात हुन्छ ।

इसापूर्व ३१०२ मा पाँच ग्रह मंगल, बध, बृहस्पति, शुक्र र शनि मेष राशि शुन्य डिग्रीमा प्रवेश थिए त्यहीबाट कलियुगको प्रारम्भ भएको थियो । अहिले कलियुग नै चलिरहेको छ । पुराणहरुमा कलियुगको कसरी अन्त्य हुन्छ भन्ने कुरा वर्णन गरिएको छ ।

कलियुको अवधि १२०० दिव्य वर्ष हुने वताइएको छ । जसमा मानिसको एक महिना पितृको एक दिन बराबर हुने, मानिसको एक वर्ष देवताका लागि एक दिन हुने, मानिसको ३० वर्ष देवताको एक महिना हुने वताइएको छ । यस कारण कलियुग ४३२००० वर्ष चल्नेछ ।
हालसम्म कलियुगको ५११८ वर्ष वितिसकेको छ । अब ४२६८८२ वर्ष वाँकी छ ।

१.कलियुगमा मानिसको २० वर्षको आयु हुने पाँच वर्षमा गर्भवती हुने

२. १६ वर्षको मानिस बृद्ध अवस्थाको हुने र २० वर्षको उमेरमा मृत्यु हुनेछ ।

३. मानिसको शरीर दिनप्रतिदिन घट्दै जान्छ । यो अवस्थामा कलिको प्रभावले मानिसहरु साना र रोगग्रस्त हुने गर्दछन् ।

४. यस समयमा भगवान कल्किको आगमन हुन्छ जुन समय मानिसको आयु २५ देखि ३० वर्षको हुने गर्दछ ।

५. कलियुगमा गाईहरु पनि साना साना र कम दुध दिने हुन्छन् ।

कलियुगको अन्तमा मानिसहरु के खान्छन्

१.यो समय अन्नबाली उत्पादन हुदैन मनुष्यहरु माछा मासु र भेडा बाख्राका मासु खाने गर्दछन् ।

२. गाई कतैपनि हुने छैनन्,हुने छ त बाख्राको समय । बाख्राले पनि दुध दिन छाड्छ ।

३. कलियुगमा यस्तो समय आउँछ कि जमिनबाट अन्न उत्पादन हुन छाड्छ । बोटविरुवामा फल लाग्न छाड्छ । विस्तारै विस्तारै यी सवै कुरा जमिनबाट हराउँदै जानेहुन्छ ।

कलियुगमा मानिसको स्वभाव कस्तो हुन्छ

१. स्त्री कडा स्वभावकी हुने, पतिको आज्ञा नमान्ने, जोसँग धेरै सम्पत्ती हुन्छ स्त्री उसैसँग बस्ने हुन्छन् ।

२. मानिसको स्वभाव गधाजस्तै भारी बोक्ने हुनेछ त्यो भन्दा बाहेक पुरुषको जीवनको अर्थ केही रहदैन ।

३. धर्मकर्मको लोप हुँदै जान्छ । मानिस जपरहित नास्तीक सबै चोर हुन्छन् । सबै एक दोस्रोको वीचमा लुटपाट गर्दै जानेहुन्छन् ।

४. कलियुगमा मानिसहरु सबै हिंस्रक हुनेछन् । पापी र दुराचारी हुने गर्छन् । भीडसँग नकरात्मक कुराको खोजी गर्ने ।

५. आफ्नै दाजुभाइ एक अर्काका शत्रु बन्नेछन् । मानवता नस्ट हुने, छोराले बाबुको हत्या गर्ने, बाबुले छोराको हत्या गर्ने ।

६. मानिसहरु आफ्नो पेशाका बारेमा ठूलाठूला गफ दिने किनकि समाजले यस्ता व्यक्तिको कुरा काट्दैन ।

कलियुगमा मनुष्यको धर्म कस्तो हुन्छ

१.मानिसहरु लोकशास्त्रबाट टाढा हुने अनैतिक कार्यमा मात्र ध्यान दिने ।

२. अस्लील व्यवहार र अस्लील शब्दको प्रयोग गर्ने गर्दछन् ।

३. महिला परुष दुवै अधर्मी हुन्छन् । महिला पतीब्रता धर्मको पालन नगर्ने र पुरुष पनि यस्तै हुनेछन् ।

कलियुगको अन्तमा महाप्रल्य हुने

१. कलियुगको अन्तमा भारी बर्षा हुने, महाभुकम्प र तुफान आउँछ । सारा जमिनमा पानी नै पानी हुने । यसपछि एकसाथ १२ सूर्यको उत्पत्ति हुन्छ । सूर्यको तेजबाट पृथ्वी सुक्दै जान्छ ।

२. मानिसहरु घरमा बस्न पाउँदैनन् । बस्नका लागि खाल्डो खन्नुपर्ने अवस्था आउँछ ।

३. पृथ्वीको सत्यका तीन हात हिस्सा अर्थात साढे चार फुट नजिकमा उव्जाउ नष्ट हुनेछ ।

४. कलियुगको अन्तमा सूर्यको तेज अत्याधिक हुने । सूर्यको तेजबाट सात समुद्र सुक्दछ ।

५. चारैतर्फ आगो फैलन्छ र स्वर्ग देखि नर्क सबै नष्ट भएर जान्छ ।

६. यसपछि लगातार १२ वर्षसम्म बर्षा हुन्छ र फेरी पृथ्वीको पुनः संरचना हुन्छ ।
स्रोतः द डिभाइन टेल्स



प्रतिक्रिया दिनुहोस्