Logo

प्रधानमन्त्री ओलीमाथि प्रचण्डका भाई नारायण दाहालको गम्भीर आरोप (भिडिओसहित)



काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमा गम्भीर समस्या देखिएको टिप्पणी गरेका छन् । दाहालले ओलीको यस्तो कार्यशैलीले पार्टी सही ढंगले चल्न नसक्ने जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सचिवालयका ५ जना सदस्यहरुको सहमतिमा ल्याएको सुनाए । उनले नेताहरु बसेर पार्टीलाई एउटा बाटोमा लैजानेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । उनले अहिले आफूहरु पार्टी निर्माणको लागि वारपारको लडाईँमा रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्