Logo

पाँच वर्षपछि रानीपोखरीमा भाइटीका !



काठमाडौं, १ मङ्सिर। ०७२ बैशाक १२ गतेको भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिर भत्काएको थियो । पुनर्निमार्णपछि यो वर्ष रानीपोखरीमा भाइटीका खुला गरिएको छ । वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि मात्र खुलेको हो ।

मन्दिर खुलेपछि सर्वसाधारणले आज त्यहाँ गएर भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेले यो मन्दिरमा टीका लगाउने चलन छ ।

योपटक पनि मन्दिरबाहिर बसेका दिदीबहिनीले त्यहाँ पुगेका दाजुभाइलाई टीका लगाइदिएका छन् ।

भाइटीका लगाउन जानेहरुले मास्क लगाएका छन् ।-रेडियोएनआरएन



प्रतिक्रिया दिनुहोस्

Screenshot