Logo

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु



दार्चुला, २ मंसिर । दार्चुलामा अस्पताल लैजाँदै गर्दा बाटोमै एक कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महराले जानकारी दिए । मृतक बडालाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस रहेको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताए ।

यससँगै जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ती युवाको उपचारमा खटिएका अस्पतालका कर्मचारीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरेको अस्पतालका डा.गजेन्द्र दुवालले बताएको खबर आजको अन्न्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्