Logo

बालरोग विशेषज्ञ र मुटुरोग विशेषज्ञ २ जना डाक्टरहरुको कोरोनाका कारण मृत्यु



काठमाडौं, ३ मंसिर । कोरोनालाई सामान्य रुघाखोकी हो केही होईन नभनौ कोरोना संक्रमणकै कारण काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका अध्यक्ष डा नारायण बहादुर थापाको तिहारको संघारमा मृत्यु भएको छ । ८० बर्षिय डा.थापाको १० दिनसम्म लगातार उपचारकै क्रममा मेडिसिटी अस्पतालमा आईतबार राती मृत्यु भएको हो ।

उहाँ ईसानका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । उहाँ वरिष्ठ बाल शल्य चिकित्सक हुनुका साथै नेपाल बर्न सोसाइटीका अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल चन्द्र झाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । सरकारले यी दुबै डाक्टरको मृत्युबाट देशलाई ठूलो क्षति पुगेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा झाको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । उहाँलाई दुई सातादेखि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराईरहेको भएपनि उहाँका सबै अर्गान फेलिएर भएर मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा झा कार्तिकको दोस्रो सातादेखि कोरोनाको कडा लक्षणका साथ संक्रमीत हुनुभएको र उहाँको जीवन बचाउन स्वास्थ्यकर्मीहरुले प्लाज्मा थेरापी र रेम्डिसिभिर चलाएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । डा.झा को परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको खबर आजको समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्