Logo

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्डको भेट



काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह भेट गर्नुभएको छ । नेकपामा पछिल्लो समय देखिएको आन्तरिक समस्याबारे परामर्श गर्न अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको बुझिएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको तर के विषयमा छलफल भएको भन्ने जानकारी नभएको बताउनुभयो । बुधबार सचिवालय बैठक तय भएकाले पार्टीको आन्तरिक विषयमा छलफल गर्न सम्भवतः अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको उहाँले अनुमान सुनाउनुभयो ।

तर राष्ट्रपति विद्या भण्डारीका प्रमुख स्वकीय सचिव डा।भेषराज अधिकारीले नेकपाको आन्तरिक विवाद बारेमा राष्ट्रपतिको चासो हुने कुरा नभएको बताउनुभयो । देशको विविध विषयमा नेताहरुसँग छलफल र परामर्श हुनु सामान्य भएको भन्नुहुँदै उहाँले आजको छलफलबारे आफूलाई जानकारी नभएको बताउनुभएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्