Logo

छिमेकीलाई चक्कु प्रहार गर्ने पक्राउ



कैलाली, ३ मंसिर । छिमेकीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा पक्राउ परेका छन् । ३० वर्षीय प्रताब साउदलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा गोदावरीका ३० वर्षीय लोकराज न्यौपानेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

न्यौपानेले चक्कु प्रहार गर्दा साउद घाइते भएका थिए । अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरीले न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्