Logo

चरेश सहित २ जना पक्राउ



पर्सा, ३ मंसिर । अवैध लागुऔषध चरेश सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज मितेरीपुल नजिकैबाट ४ किलो ८ सय ९० ग्राम अवैध लागुऔषध चरेश सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका छप्कैयाका अभिषेक श्रीवास्तव र धिरज पटेल रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्