Logo

कालिजलाई हानेको गोली अर्कोतीर सोझिएपछि…



दाङ, ३ मंसिर । भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । बगंलाचुली गाउँपालिका–२ टाकुरे बस्ने ३९ वर्षीय टोप बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

टोप बहादुरले कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्किदा सोही ठाउँ बस्ने ४१ वर्षीय भोज बहादुर घर्तिलाई लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्