
काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश दिनपछि बस्ने निर्णय भएको बुझिएको छ ।