Logo

कुटपिट गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ



कञ्चनपुर, ३ मंसिर । कुटपिट गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । माहाकाली नगरपालिका–९ बस्ने २ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय बिक्रम बुढा लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिक्रम लगायतका ८ जनाले उनीहरुलाई कुटपिट गरी घाइते बनाएको सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारा हुँदै थप उपचारको लागि माहाकाली अस्पताल रिफर गरिएको छ । कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्