Logo

अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ सिंगल स्क्रिनमा रिलिज



एजेन्सी, ३ मंसिर । अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ सिधै ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय गर्दा सिनेमाघरहरु खुशी थिएनन् । पहिलो पटक ठुलो फिल्म सिनेमाघर भन्दा पहिला ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो । यो फिल्मबाट तिहारको अवसरमा राम्रो कमाई गर्ने सिनेमाघरको आशा थियो, तर अक्षयले त्यसो गरेनन् ।

फिल्महलहरुले ओटीटी प्लेटफर्ममा रिलिज गरेपनि सिनेमाघरलाई पनि अनुमति दिन माग गरिरहेका थिए, तर उनीहरुले भनेजस्तो हुन पाएन् । भारतीय समाचार अनुसार, भारतको केही सिंगल स्क्रिनका सिनेमाघरले फिल्म ‘लक्ष्मी’लाई आफ्नै थिएटरमा देखाइरहेका छन् । उनीहरुले फिल्मलाई कपि गरेर पेनड्राइभको माध्यमबाट सिनेमाघरमा दिएका छन् । यो पुरै गेह्रकानुनी कार्य हो । फिल्मलाई थिएटरमा बेच्ने अधिकार छैन् ।

सिनेमाघरले टिकट बेचिरहेका छन् र पुरै रकम आफै लिएका छन् । दर्शकहरुलाई थाहा नै हुँदैन सक्कली फिल्म हो वा चोरेको फिल्म हो । अब निर्माताले कस्तो कदम उठाउँछन त्यो भने हेर्न बाकी छ ।



प्रतिक्रिया दिनुहोस्