Logo

सलमान खानको ‘टाइगर ३’ मा शाहरुख खान ‘पठान’ बन्दै



एजेन्सी, ३ मंसिर । पछिल्लो समयमा सलमान खान र शाहरुख खानले एक अर्काको फिल्ममा गेस्ट एपियरेन्स गर्ने मौकाको फाइदा लिइरहेका छन् । रोहित शेट्टीको फिल्म ‘सिम्बा’ बाट उनीहरुले यस्तो नयाँ सुत्रको प्रयोग गरेका थिए । यो फिल्ममा अजय देवगन ‘सिंघम’ को रुपमा देखिएका थिए र रोहितको अर्को फिल्म ‘सुर्यवंशी’मा रणवीर ‘सिम्बा’ र अजय सिंघमको रुपमा देखिने भएका छन् ।

यशराज फिल्मको ‘टाइगर ३’ मा शाहरुख खान लिड रोलमा नभएपनि फिल्ममा उनको एक खास रोल हुनेछ । उनको साथमा जोन अब्राहम र दीपिका पादुकोण जस्ता कलाकार पनि छन् । फिल्ममा सलमान टाइगरको रोलमा देखिनेछन् ।

सलमान खानको टाइगर सिरिजको तेस्रो फिल्ममा शाहरुख खानलाई ‘पठान’को चरित्रमा देख्न सकिनेछ । यो हलिउड फिल्ममा धेरै पहिले नै शुरु भएपनि बलिउडमा भने भर्खर मात्र सुरुवाती हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्