Logo

गोकुल बाँस्कोटाको टिप्पणी : ‘ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर..”



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्रको विवाद अब समाधानतर्फउन्मुख रहेको संकेत गरेका छन् ।

आजको सचिवालय बैठक दश दिनपछि बस्नेगरि सम्पन्न भएलगत्तै नेता बाँस्कोटाले ब्याटलग्राउण्ड किस्सा अब कोल्वार कथातिर मोडिने टिप्पणी गरेका छन् । र, उनले अबका दशदिन कथाकारहरुलाई सास्ती हुने भयो पनि भनेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमामार्फत लेखेका छन्,”ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन अबका दशदिन कथाकारहरुलाई सास्ती हुने भो।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot