Logo

काठमाडौंमा आज १०३८ संक्रमित थपिए



काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४  सय ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार ३८ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा  ३५३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ८२ हजार ७ सय ८०  रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौका ८२२ जना, ललितपुरका १६८ जना र भक्तपुरका ४८ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्