सुनसरी, ४ मंसिर । डाँका मुद्दाका फरार अभियुक्त २८ वर्षीय पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–६ गोर्खा डिमार्टमेन्ट स्टोर नजिक बाटोबाट डाँका मुद्दाका फरार प्रतिवादी संखुवासभा चैनपुर घर भएका पर्वत तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
संखुवासभाबाट फरार रहेका उनलाई उक्त बाटोमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको बताएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।