Logo

गाँजासहित ४ जना पक्राउ



काठमाडौं, ४ मंसिर । अवैध लागुऔषध सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार बिसौनाका २५ वर्षीय ख्याम वहादुर विक लगायत ४ जना करिब २ किलो अवैध  गाँजा सहित बुधबार बेलुका पक्राउ परेका हुन् ।

बिकको घरमा गाँजा रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
त्यस्तै, नेपालगंज जमुनाहबाट नियन्त्रित लागुऔषध २ सय ४० ट्याब्लेट नाइट्रोभ्याट सहित सोही उपमहानगरपालिका–५ का १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्