Logo

एउटा बलात्कार गर्ने अर्को भिडियो खिच्ने



सिरहा, ४ मंसिर । एक युवक बलात्कार गर्ने अर्का युवाले भिडियो खिच्ने । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

युवकहरुले योजनावद्ध तरिकाले यस्तो गम्भीर अपराध गरेका हुन् । उनीहरुलाई जबरजस्ती बलात्कार गरेको र अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कारबाही अगाडि बढाइएको छ । यीमध्ये एक युवक पक्राउ परेका छन् ।

यो घटनामा २२ वर्षीया युवती आफूमाथि जबरजस्ती करणी भएपछि उल्टै अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेर हैरानी गरेपछि ठूलो पीडामा परिन् । उनी त्यसपछि प्रहरी समक्ष उजुरी दिन पुगेकी थिइन् । घटनामा कल्याणपुरका २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएका थिए । प्रहरीका अनुसार यो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको जानकारी दिएको छ । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्