Logo

महिला बलात्कार गर्ने ३८ वर्षीय पुरुष पक्राउ



काठमाडौं, ४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी बस्ने दोलखा घर भएका ३८ वर्षीय बीर बहादुर मगर बुधबार राति पक्राउ परेका हुन् ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot