Logo

थप १७ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, ४ मंसिर । कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २१ सय ३ थपिएका छन् ।

आज २ हजार ८ सय ५८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १५ हजार २०  संक्रमित भएपनि १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २८ हजार १ सय ६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसीआर परिक्षण भएको छ भने  २८ हजार १ सय ६ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७ सय  ७६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्