Logo

शाहरुख खानले सुरु गरे ‘पठान’को सुर्टिङ



एजेन्सी, ४ मंसिर । बलिउडका बादशाह शाहरुख खानका शुभचिन्तकहरु उनको नयाँ फिल्मको पर्खाइमा बसेका छन् । अब उनीहरुको पर्खाइ सकिनेछ । धेरै समयदेखि चर्चामा रहेको किंग खान सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ को काम सुरु गर्दै ठुलो पर्दामा फर्किएका छन् ।

बुधबार सामाजिक सञ्जालमा भाइरल भएको एक तस्वीरमा खान रुख बोहेमियनको लुकमा देखिएका छन् । खानको यो तस्वीर फिल्म पठानको भएको बताइएको छ । यस फिल्मको चर्चा तिव्ररुपमा भइरहेको छ । उनले फिल्मको सुर्टिङ सुरु गरिसकेका छन् ।

तस्वीरमा शाहरुख खान लामो कपालमा देखिएका छन् । धमिलो तस्वीरमा कारबाट बाहिर उनी निस्किएको देखिएको छ । किंग खानको यो तस्वीर देखेर उनका फ्यानहरु उत्साहित हुँदै ट्विट गरिरहेका छन् । पठान फिल्मको निर्माण यशराज फिल्म्सद्धारा गरिएको छ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोण पनि रहने चर्चा चलेको छ ।

कोरोना भाइरसको कारण फिल्मका सम्पुर्ण कार्य ठप्प भएका थिए । यसरी यति लामो समय फिल्मबाट ब्रेक लिन परेको शाहरुख खानले पहिलो पटक हो । भारतीय समाचार अनुसार जोन अब्राहमले यस फिल्ममा नेगेटिभ रोल निभाउने छन् । शाहरुख खानको २०१८ मा फिल्म जिरो रिलिज भएको थियो । यो फिल्म फ्लप भएपछि शाहरुख खान निराशा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्