Logo

चालकसहित सम्पर्कमा आएका दुईजना कोरोना संक्रमित भएपछि सलमान खान क्वारेन्टिनमा



एजेन्सी, ४ मंसिर । बलिउड अभिनेता सलमान खानको निजि चालकसहित दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सलमान क्वारेन्टिनमा बसेका छन् । उनले विगबोस १४ मा होस्ट गरिरहेका थिए । अब उनको आउने एपिसोड प्रशारण हुन्छ कि हुँदैन त्यो भने दर्शकहरुको कौतुहलतको विषय बनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको चालकलाई पहिलेनै लक्षण देखिएपछि सबै कर्मचारीको कोरोना जाँच गराएका थिए । जसमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सलमानको निजि चालक कुनै सेटमा संक्रमित भएको खबर बाहिर आएकोले सेटका सबै व्यक्तिहरुको पनि जाँच गराइएको छ ।

कोरोना भाइरस विश्वभर फैलिएकाले विभिन्न देशहरुमा लकडाउन लगाइएको कारण सबै फिल्मका काम ठप्प थिए । लकडाउन खोलेसँगै फेरी फिल्म र सिरीयल्सका सुर्टिङका कार्य सुरु भएका थिए । सलमान खान लकडाउन पछि बिगबोस १४ को साथै उनको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ को सुर्टिङमा व्यस्त थिए ।



प्रतिक्रिया दिनुहोस्