Logo

संघ सरकार विकास विरोधी भएको मुख्यमन्त्री राउतको आरोप



वीरगंज, ३ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले प्रदेश सरकारलाई असहयोग गरेको बताएका छन् । आज जनता समाजवादी पार्टी पोखरियाले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनले संघ सरकार विकास विरोधी भएको आरोप लगाए ।
उनले पोखरियालाई सेटेलाइट शहर बनाउने बताउँदै पोखरिया अस्पतालको विकासमा सहयोग गर्ने बताए । पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, मन्जुर अन्सारी, मेयर दीपनारायण रौनियारलगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा युएनडिपीले पोखरिया नगरपालिकालाई रु ३७ लाख बराबरको १ थान भेन्टिलेटर र १ थान अक्सिजन कन्सलटेटर मुख्यमन्त्री राउतले मेसु अनिल यादवलाई हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्