Logo

डब्लुएचओ प्रमुखमाथि इथियोपियाको सेनापतिले लगाए हिंसाको एउटा पक्षलाई सघाएको आरोप



एजेन्सी, ४ मंसिर । इथियोपियाका सेना प्रमुख जनरल बेरहानु जुलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोज आडानोम गेब्रियससमाथि हिंसालाई सघाएको आरोप लगाएका छन् । इथियोपियाको टिग्री विद्रोहीलाई टेड्रोजले कुटनीतिक र हतियार उपलब्ध गराउने कार्यमा साथ दिएको उनको आरोप थियो ।

टेड्रोज टिग्रेयान समुदायका हुन् । उनी विगतमा टिग्रेस पिपल्स लिबरेशन फ्रन्ट टीपीएलएफ नेतृत्वको सरकार हुँदा स्वास्थ्यमन्त्री समेत भएका थिए । त्यसकारण पनि उनीमाथि गम्भीर आरोप लगाइएको छ । बिहिबार टेलिभिजनमा बोल्दै जुलाले टेड्रोजलाई विद्रोही समूहको सदस्य समेत भनेका छन् ।

जुलाले टीपीएलएफ विद्रोहीमाथिको सैन्य कारबाहीको भत्र्सना गर्न छिमेकी देशहरुसँग मिलेर काम गरेको र हतियार समेत उपलब्ध गराइरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot