काठमाडौं, मंसिर ५। बैंकिङ प्रणालीमा अधिक तरलता भइरहँदा पनि नेपाल राष्ट्र बैंकले तरलता सन्तुलन गर्न जारी गरेको निक्षेप संकलनमा बैंकहरूबाट उत्साहजनक आवेदन परेन ।
नेपाल राष्ट्र बैंकले बिहीवार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि रू। ३० अर्ब रुपैयाँ बराबरको २८ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । यसअघि तरलता प्रशोचन गर्ने उपकरणमा दोब्बर तथा तेब्बरसम्म आवेदन पर्ने गर्दथ्र्यो । तर, बिहीवार बोलकबोलबाट ब्याज निर्धारणमार्फत जारी गरेको उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट रु। २३ अर्ब ५० करोडको आवेदन परेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
केन्द्रीय बैंकले ब्याजदर बोलकबोलबाट तय गरेकाले शून्य दशमलव ९९ प्रतिशतसम्ममा निक्षेप राख्न चाहनेलाई मात्र प्राथमिकता दिइएको छ । उक्त सीमामा रहेर बैंकहरूबाट आवेदन गरेको रकममध्ये रु। २१ अर्ब ८० करोड बराबरको मात्र निक्षेप स्वीकृत गरेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए । ‘कतिपय बैंकले यस्तो निक्षेपको ब्याजदर ४–५ प्रतिशतसम्म पनि कोट गरेको देखियो । तर कोरिडोरको तल्लो सीमा १ प्रतिशत भएकाले शून्य दशमलव ९९ प्रतिशतसम्मलाई प्राथमिकता दियौं,’ उनले भने ।
उनका अनुसार बैंकिङ प्रणालीमा बुधवारसम्म १ सय ७८ अर्ब रुपैयाँ अधिक तरलता देखिन्छ । तर, बैंकहरूबाट केन्द्रीय बैंकले आव्हान गरेको रकमभन्दा पनि कम माग भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।