जनकपुर, मंसिर ५ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ हर्षोलासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका हुन् ।
विज्ञप्तिमार्फत उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन षष्ठी र सप्तमी तिथिमा बिदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरेका छन्।रासस