काठमाडौं, ५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। विवाद समाधानको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । सचिवालयको बैठक आउने मंसिर १३ गते तय भएको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि आरोप लगाएर पेश गरेको प्रतिवेदनको जवाफ पेश गर्ने भएका छन् । अध्यक्ष दाहालले पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट महासचिव विष्णु प्रसाद पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरिरहेका छन् । पार्टीभित्रको विवाद मिलाउनका लागि महासचिव पौडेल पछिल्लो समय सक्रिय छन् ।