Logo

अपराध गरेर फरार यी व्यक्तिहरु पक्राउ



सुनसरी, ५ मंसिर । विभिन्न मुद्दाका फरार प्रतिवादी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरीका रुपक थापा, बैंकिङ कसुर मुद्दामा १६ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरीकै संजय कुमार साह र लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका ईटहरीका निर्मल लिम्बु रहेका छन् । लिम्बुलाई बिहीबार ईटहरी उपमहानगरपालिका–१९ बाट तथा साह र थापालाई बुधबार ईटहरी उपमहानगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । ।

उनीहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot