Logo

ललितपुरको थसिखेलबाट ९ जुवाडे पक्राउ



ललितपुर, ५ मंसिर । ललितपुरको थसिखेलबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा राज कुमार महत लगायत ९ जना नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

उक्त स्थानमा तास खेलिरहेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot