Logo

भारतमा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण, मन्त्रीले लगाए खोप



एजेन्सी, ५ मंसिर । कोभ्याक्सिन भारतले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप हो । अहिले यसको तेस्रो चरणको परीक्षण भइरहेको छ । भारत बायोटेकले विकास गरिरहेको यो भ्याक्सिनको परीक्षणमा एकजना मन्त्री समेत स्वयंसेवकका रुपमा सहभागी भए ।

शुक्रबार भएको परीक्षणमा हरियाणाका स्वास्थ्यमन्त्री अनिल भीज पनि सहभागी भएका हुन् । उनले परीक्षणका क्रममा भएको खोप लगाउँदै स्वयंसेवकहरुलाई आकर्षित पारे । उनी ६७ वर्षका छन् र मधुमेहका रोगी हुन् ।

मन्त्री भीज हरियाणा राज्यमा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षणमा सहभागी हुने पहिलो नागरिक हुन् । उनले खोप लगाउँदा गर्वको अनुभव भएको सुनाए ।

भारतमा विभिन्न भ्याक्सिनको परीक्षण भइरहेको छ । सेरमले अक्सफोर्ड भ्याक्सिनको परीक्षण गरिरहेको छ । रुसको स्पुतनिक भीको पनि परीक्षण शुरु भएको छ । ती भ्याक्सिन परीक्षणबाट सफल भएमा भारतमा पनि उत्पादनको तयारी छ । तर, कोभ्याक्सिन भारतको आफ्नै उत्पादन हो । यो सन् २०२१ को मध्यतिर सर्वसाधारणका लागि प्रयोगमा ल्याइने गरी तिव्र रुपमा काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot