Logo

फूलमा आत्मनिर्भर : आन्तरिक उत्पादनले धान्यो तिहार



काठमाडौं, मंसिर ६ । यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको बताए ।

उनका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उनको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ता भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot