Logo

फूलमालाको खपत घट्यो



काठमाडौं, मंसिर ६ । यसपटकको तिहारमा गत वर्षको तुलनामा सयपत्री फूलका मालाको खपत ३६ प्रतिशतले घटेको छ । कोरोना भाइरस ९कोभिड–१९०का कारण यो वर्ष सयपत्री फूलका मालाको खपत गत वर्षभन्दा नौ लाखले घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको तिहारमा १३ लाख सयपत्री र तीन लाख मखमली गरी १६ लाख मालाको खपत भयो । जबकि अघिल्लो वर्ष २२ लाख सयपत्री फूलका माला र तीन लाख मखमली गरी २५ लाख मालाको कारोबार भएको फ्यानले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले कोरोनाको कहरबीचमा अपेक्षाभन्दा एक लाख बढी फूलका मालाको कारोबार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यो वर्ष बढीमा १५ लाखभन्दा बढी फूलका मालाको कारोबार हुन सक्दैन कि भन्ने अपेक्षा गरेका थियौँ तर १६ लाख मालाको कारोबार भएको छ ।

” यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको फ्यानले दाबी गरेको छ । फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्